कोठा भित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु , छोरीको उपाचार चल्दै ?
सुर्खेत । वीरेन्द्रनगरमा कोठा भित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु भएको छ । सुर्खेत जिल्लाको वीरेन्द्रनगर–४ भैरवस्थान समावेशी टोलमा कोईला बालेर सुतेका आमा, छोरा र छोरीमध्य आमा र छोराको निस्सासिएर मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३० वर्षीय देवीसरा थापा घर्ती र ६ वर्षीय छोरा रियान घर्ती छन् । गम्भीर घाइते नौ वर्षीय रिया घर्तीको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।
‘बुधबार राती खाना खाएर सुतेका तीन जना विहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खवर गर्नुभएको थियो,’ उनले भने, ‘प्रहरी पुगेर ढोका फोडेर उहाँहरुलाई तत्कालै अस्पताल पु¥याइएकोे थियो । तर चिकित्सकले आमा र छोरालाई मृत घोषणा गरिदिनुभयो तर रियाको मुटुको चाल चलिरहेको पाइएपछि सघन उपचार कक्षमा अहिले उपचार भइरहेको छ ।’