२०८१ पुष, ६, शनिबार

यहि जुनिमा पानी, पानी ल्याउनेको स्वर्गमा वासहोस -आशिर्वाद ।।

17Shares

“यहि जुनिमा घरघरमा पानी आउला भनेर सोचेको थिईन, काम सुरु हुदा पनि विस्वाश लागेन थिएन, म जिउदो छदै पानी आउछ भनेर । तर आयो, पानी पनि खाईयो, पानी ल्याउने सवैको स्वर्गमा वासहोस” यो भनाई लेकवेशी वडा १० का ८५ वर्षिया मान वहादुर खड्का हो । खोलाको पानीको भरमा जिवन विताएका मान वहादुरलाई यो जुनिमा पानी आउला भनेर विश्वास नै नलागेको थिएन रहेछ, यहाँ भन्नु हुन्छ काठमाण्डौमा मेलम्ची आउछ भनेर सपना देखाएको २० औ वर्ष भैसक्यो अझ टुंगो छैन, हाम्रो पनि त्यस्तै होला । पानी ल्याउने सवैलाई स्वर्गमा वास होस भन्दै आशिर्वाद पनि दिनुभयो ।
तिजुबोट बरिपाटी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो वार्षिक साधारण सभा तथा सार्वजनिक लेखा परीक्षण कार्यक्रममा जेष्ट नागरिकको तर्फ वाट मन्त्वय राख्दै मान वहादुरले यस्तो वताउनु भएका हो ।

लेकबेसी नगरपालिका वडा नम्बर १० सुर्खेतमा रहेको तिजुबोट बडीपाटी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो वार्षिक साधारण सभा तथा सार्वजनिक लेखा परीक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।
लेकबेसी नगरपालिकाका नगर प्रमुख उमेश पौडेल को प्रमुख आतिथ्यता तथा उपप्रमुख बिमला खड्लुकको विशेष आतित्यथामा कार्यक्रम भएको हो ।
कार्यक्रममा लेकवेशि वडा न. १० का अध्यक्ष, हेल्भटास नेपालका प्रतिनिधि अक्कल शाह, समाज जागरण केन्द्र स्याक नेपालका कार्यसमिती सदस्य अकवर खान, लगाएत विद्यालय, सामुदायीक वन तथा नागरीक समाजका अगुवाहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता गरिरहनु भएका तिजुबोट बडीपाटी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षले नियमित र स्वच्छ पानी नियमित ३२१ घर धुरीमा वितरण भैरहेको यस वताउनु भएको छ ।
उत्त योजना हेल्भटास नेपाल, लेकवेशि नगरपालिका आर्थिक सहयोग तथा समाज जागरण केन्द्र (स्याक नेपाल)को प्राविधीक सहयोगमा सम्पन्न भएको थियो ।

Leave a Reply