किशोर किशोरीको प्रजनन् स्वास्य, सुर्खेत र सल्यान ?
सुर्खेत : किशोर किशोरीको प्रजनन् स्वास्य तथा सशक्तिकरण गर्नका लागि सन २०२२ देखि लागु भएको USAID एडोलेसेन्ट रिप्रडक्टीभ हेल्थ परियोजना आज सुर्खेतमा समिक्षा गरिएको छ ।
यो परियोजना USAID को आर्थिक सहयोग, केयर नेपालको नेतृत्वका साथै HDI जपाईगो, आयोन, नेपाल सि.आर.एस कम्पनीसंगको सहकार्य र प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको समन्वयमा कर्णाली प्रदेशका २ वटा जिल्लाहरु सुर्खेत र सल्यानमा संचालनमा रहेको छ । सुर्खेत जिल्लामा समाज जागरण केन्द्र (स्याक) नेपाल र सल्यान जिल्लामा डिडिएस सल्यानको नेतृत्वमा स्वास्थ्य सेवा कार्यालय सुर्खेत र सल्यान संगको समन्वयमा सुर्खेतका ४ वटा र सल्यानका ३ वटा नगरपालिका गरी जम्मा ७ वटा नगरपालिकाहरुमा यो कार्यक्रमहरु संचालन भईरहेको छ ।
कार्यक्रम सुर्खेत जिल्ला समन्वय समितीका प्रमुख गंगाराम सुनारको प्रमुख आतिथ्यता तथा जनस्वास्थ्य कार्यालय सुर्खेतको प्रमुख गणेश भक्त गौतमको अध्यक्षतामा, कार्यक्रम लागु भएका पालिकाका प्रमुख तथा उपप्रमुख, स्वास्य शाखा प्रमुख, सामाजिक विकास मन्त्रालयका महाँशाखा प्रमुख तथा किशोर किशोरीहरुको सहभागितामा भएको हो ।
यस परियोजनाले किशोर किशोरी प्रजनन् स्वास्थ्य संग सम्बन्धित सामाजिक मुल्यमान्यताहरुमा सकारात्मक परिवर्तन गर्दै स्वस्थकर व्यवहार परिवर्तनमा सहयोग गर्ने, सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुको सेवाको गुणस्तर अभिवृदी गर्नुका साथै स्थानीय पालिकाहरुमा किशोरकिशोरी प्रजनन् स्वास्थ्य सुधारका लागि सफल प्रमाणीत भएका नविनतम विधीहरुलाई संस्थागत गर्दे स्थानीय पालिकाको किशोरकिशोरी प्रजनन् स्वास्थ्य सेवाको प्राणलीलाई सुधार गर्ने उद्देश्य लिएको छ । यसका साथै यस परियोजनाले युवा परिचालनलाई एउटा प्रमुख अस्त्रकोरुपमा लिएको ले युवाको सहभागीता र नेतृत्वलाई पनि प्राथमीकतामा राखेको छ ।
वर्तमान आवश्यकता र नेपाल सरकारको प्राथमीकतालाई मध्येनजर गरी परियोजनाले छनौटमा परेका पालिकाका प्राथमीकतामा परेका ६ वटा वडाहरुमा किशोरहरु, किशोरीहरु, विवाहित तथा गर्भवती किशोरी आमाहरु र किशोरकिशोरीहरुका आमा तथा बाबुहरुको समुह गठन गरी प्रजनन् स्वास्थ्य का विभिन्न विषयहरुमा सामाजिक विश्लेषण तथा कार्य विधिका माध्यमबाट प्रत्येक महिना छलपफल गर्ने गरीरहेको छ । सार्थै चौमासीकरुपमा किशोर र किशोरीहरु विचमा, आमा तथा बुवाहरु र किशोरकिशोरीहरु विच अन्तरक्रिया गर्ने कार्य पनी गरीन्छ ।
यसरी परियोजनाबाट कार्यक्रमहहरु संचालन गर्दा किशोर किशोरीहरुमा यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा ज्ञान अभिवृदी हुनाको साथै स्वास्थ्य व्यवहारमा पनी परिवर्तन भएको पाईन्छ। किशोर किशोरीहरु समुह आवद्ध भई विभिन्न विषयको छलफलमा सहभागी भइसकेपछी साथीहरुसंग मिलेर वस्ने, आप्ना विचारहरु निर्धकरुपमा बताउने र आफुले जानेका कुराहरु साथीसंगीहरु र परिवारमा पनी बताउन थालेको पाईएको छ । किशोरकिशोरीहरुले वताएका छन ।
किशोर किशोरीहरुको प्रजनन् स्वास्थ्य संरक्षणका लागि यस परियोजनाले किशोर किशोरकिशोरीका आमा तथा बुवाहरुको पनी समुह गठन गरी प्रजनन् स्वास्थ्यका विभिन्न विषयहरुमा छलफल गर्ने गरीरहेको छ। यसरी समुहमा आएर छलफलमा सहभागीहुदा आमा तथा बुवाहरुमा किशोरकिशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी जाकारी बढेको, महिनावारी स्वच्छता र बालविवाहका असरहरुको बारेमा जानकारी भएको साथै किशोरकिशोरीहरुको प्रजनन् स्वास्थ्यमा अभिभावकको महत्वपुण भुमीका को बारेमा जानकारी भएको बताएका थिए ।
परियोजनाले विवाहीत किशोरी आमाहरुको समुह गठन गरी प्रत्येक महिनामा एक पटक प्रजनन् स्वास्थ्यक का विभिन्न विषयमा छलफल चलाउने गर्दछन् भने चौमासीकरुमा उनीहरुका श्रीमानहरुसंग सामुहीक अन्तरक्रिया गर्ने गरीन्छ । यसरी समुहमा बस्ेर छलफल गर्दा उनीहरुमा महिनावारी स्वच्छता, गर्भनिरोधका साधनहरु, उपयुक्त समयमा गर्भाधारण, घरायसी कामको बाडफाड आदिका बारेमा ज्ञानमा वृदी भएको छ भने उनीहरुको श्रीमानहरु संग चौमासीक अन्तरक्रिया गर्दा श्रीमानहरुले परिवा योजनका बारेमा छलफल गर्ने, गर्भनिरोध का साधन प्रयोग गर्नमा सहयोग गर्ने, घरायसी कार्यमा सहयोग गर्ने गरेको विवाहीत किशोरीहरु वताएका छन ।
परियोजनाले किशोर किशोरीको प्रजनन् स्वास्थ्य व्यवहार परिवर्तनमा समुदायमा रहेका धामीझांक्री, पुरोहीत र अन्य धार्मीक अगुवाहरुको महत्वपुर्ण भुमिकालाई आत्मसाथ गरी यस्ता समुहसंग चौमासीकरुपमा अन्तरक्रिया गर्ने गरेको छ। यसरी धामीझाक्रीहरु, पुरोहीतहरु संग अन्तरक्रिया गर्दा महिनावारी स्वच्छता, लैगींक समानता र वालविवाहको विषयमा विद्यमान धारणमा सकारात्क परिवर्तनमा मद्दत पुगेको कार्यक्रम संयोजक चन्द थापाले जानकारी दिनु भयो ।
परियोजनाले सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुको सेवाको गुणस्तर अभिवृदी गर्नकालागि स्वास्थ्य संस्थाहरुमा हव र स्पोक मेन्टरीगं विधिमार्फत स्वास्थ्य संस्थामा स्थलगत अनुसिक्षण गरी स्वास्थ्यकर्मीको क्षमता अभिवृद गर्ने कार्य गरीरहेको छ भने स्वास्थ्य संस्थाहरुको स्वमुल्याकंन गर्ने कार्यलाई पनी निरन्तरुपमा संचालन गरीएको छ । यसका साथै स्वास्थ्य सेवाको गुणस्रत र जवाफदेहीता अभिवृदीका गर्नका लागि सरकारी स्वास्थ्य संस्थाहरुमा युवाहरुको नेतृत्वमा सामुदायीक स्वास्थ्य प्राप्तांक बोर्ड कार्यक्रम पनी संचालन गरीरहेको छ ।
यसरी कार्यक्रम गर्दा स्वास्थ्यकर्मीहरुमा किशोरकिशोरीमैत्री सेवाका बारेमा जानकारी बढेको पाइएको छ भने स्वास्थ्य संस्थाहरुलाई किशोर किशोरीमेत्री सेवा प्रदायक स्वास्थ्य संस्थाको रुपमा विकास गर्न मद्दत पुगेको छ। हालसम्म यस परियोजनाको प्रावधिक सहयोगमा सुर्खेतका ५वटा स्वास्थ्य संस्थाहरु किशोरकिशोरीमैत्री सेवा प्रदायक संस्थाको रुपमा प्रमाणीकरण भईसकेका छन् । यसरी कार्यक्रमहरु गर्दा स्वास्थ्य कर्मीको क्षमता अभिवृदी हुनको साथै स्वास्थ्य सेवा व्यवस्थापकहरुलाई किशोर किशोरीहरुको प्रजनन् स्वास्थ्य सेवा प्रति जवाफदेही बनाउन मद्दत पुगेको स्वास्थ्यकर्मीहरु भनाई छ ।
परियोजना मार्फत सामुदायीक स्वास्थ्य सेवालाई सुदृढ गर्नको लागि महिला स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिवृदी गर्नका लागि मोडुलर तालिम र साथ विधीका माध्यमबाट आमा समुहहरुमा छलफल चलाउनका लागि मद्दत गरेको छ भने महिला स्वास्थ्य स्वयंसेविकाहरुसंग बसेर वार्षिकरुपमा प्रगती समिक्षा गर्ने गरीएकोछ। यस छलफल गर्दा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आफुले गरेको कामको पुनरावलकन गर्ने अवसरका साथै आफु नजानेका विषयमा छलफल गर्ने अवसर मिलेकोे बताउनुहुन्छ ।
परियोजनाले सरकारी स्वास्थ्य संस्था संगसंगै निजी स्वास्थ्य संस्थाहरुमा पनी किशोर किशोरी मैत्री स्वास्थ्य सेवाको गुणस्तर अभिवृदीका लागि तालिमहरु संचालन गर्ने, नियमीतरुपमा स्थलगत अनुशिक्षण गर्ने र आवश्यक सामाग्रीहरु प्रदान गर्ने कार्य गरीरहेको छ । हाल सम्म यस परियोजनासंग २१ निजी संस्थाहरु आवद्द भई सहकार्य गरीरहेका छन् ।
यसरी परियोजनाले विभिन्न कार्यक्रमहरु संचालन पश्चात निजी सेवा प्रदायकहरुमा किशोकिशोर किशोरी प्रजनन् स्वास्थ्य सम्बन्धित ज्ञान मा वृदी भएको पाईएको छ भने निजी सेवा स्वास्थ्य प्रदायकहरुमा परामर्श गर्ने सिप, संगीनी सुई लगाउने सिपमा विकाश भएको छ । निजी स्वास्थय संस्थाहरुले प्रदान गरेको सेवाको रेर्कडी¨ रिपोर्टि¨ गर्ने, परामर्श कक्षहरु निर्माण गर्ने र सुचना सामाग्री उपलब्ध गराउने , फोहोरमैला विर्सजनको व्यवस्थापन गर्ने र किशोरकिशोरीहरुलाइ प्रजनन् स्वास्थ्यका कक्षाहरु संचालन गर्न कार्यको थालनी गरेका छन् ।।
परियोजनाले किशोरकिशोरी प्रजनन् स्वास्थ्य सुधारकालागि युवाहरुको सक्रियाता र नेतृत्वलाई मध्येनजर गरी छनौटमा परेका ४ वटा नगरपालिकाहरुमा पालिकास्तरीय ययुवाक्लवहरु गठन भएको छ भने प्राथमीकतामा परेका ६ वटा वडाहरुमा वडास्तरीय युवाक्लवहरु गठन गरी क्षमता अभिवृदीका कार्यक्रमहरु सचालन गरीएको छ ।
परियोजना मार्फत गठन भएका युवाक्लवहरुमा चौमासीकरुमा बैठक वस्ने र बैठकमा किशोर किशोरी प्रजनन् स्वास्थ्यका विषयमा छलफल गर्ने, युवाहरुको अधिकार र कर्तव्यका बारेमा छलफल गर्ने र नकारात्क सामाजिक मुल्यमान्यताका विरुद्धमा रणनिती तथा योजनाहरु बनाउने विषयमा छलफल गर्ने गरीन्छ ।
यस परियोजनाले किशोरकिशोरीको प्रजनन् स्वास्थ्य सेवाको पद्दतीलाई सुदृढीकरण गर्नकोलागि नेपाल सरकारले निर्माण गरेको किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा संचालन निर्देशिका २०७९ ले प्रावधान गरको पालिकास्रयी किशोरकिशोरीमैत्री स्वास्थ्य सेवाकालागि समन्वय समतिको गठन र अभिमुखीकरण गरी र चौमासीकरुपमा छललफल गर्ने कार्यमा सहजीकरण गरेको छ भने पालिका तथा वडास्ररका जनप्रतधिहरुलाई स्वास्थ्य सम्बन्धि अभिमुखीकरण गर्ने र उनीहरुकै सहभागीतामा पालिकास्तरमा किशोर किशोरी प्रजनन् स्वास्थ्यका समस्याहरु पहिचानग गरी योजना निर्माण गर्ने कार्यको पनि थालन भएको छ । यसरी परियोजना मार्फत कार्यक्रमसंचालन गर्दा पालिकास्तरमा स्वास्थ्य संस्थाहरुलाई किशोरकिशोरीमैत्री स्वस्थ्य सेवा प्रमाणीकरण गराउने बारेमा, वालविवाह न्युनीकरणका विषयमा र २० वर्षमुनिका किशोरीहरुको गर्भाधारण कम गर्ने विषयमा छलफलहुन थालेको छ । यस कार्यक्रम पश्चात किशोरकिशोरीमैत्री स्वास्थ्य सेवाको बारेमा चासो र चिन्ता बढनुको साथै यस क्षेत्रमा लगानी वृदी गनुपर्ने आवश्यकताको महसुस भएको जनप्रतिनिधीहरु र स्वास्थ्य संयोजकहरु बताउनुहुन्छ । https://youtu.be/2LAL6KtSevI