२०८१ पुष, ६, शनिबार

अस्ट्रेलिया भ्रमणमा मैले देखेका र बुझेका सन्दर्भहरू ?

26Shares

-भरत बहादुर शाही, दैलेख

सर्वप्रथम म त्याहको राजनितिक र शासन प्रणालीको विषयमा उल्लेख गर्न चाहान्छु । ब्रिटिस साम्राराज्यवादले अस्ट्रेलिया महादेशमा पहिलो पटक ११ वटा पानी जहाज प्रयोगगरि क्याप्टन आर्थर फिलिपको नेतृतवमा कैदिबन्दि, सेना र स्वतन्त्र नागरिकहरू लगायत करिव १४ सयको जत्थाले २६ जनवरी १७८८ मा अस्ट्रेलियाको बोटानी बेमा आफ्नु झण्डा फहरायको थियो तर पछि पोर्ट ज्याक्सन क्षेत्रलाई रोज्यो जुन अईले अपेराहाउस, हार्बर ब्रिज, अस्ट्रेलियाको ठूलो, समुन्द्री बन्दरगाह सीप पोर्ट रहेको ठाउमा बस्ति बिसतार गर्यो र यो नै अहिले न्यु साउँथ वेयल्स स्टेडको राजधानी रहेको छ ।

सिड्नीमा राज्य सन्चालन गरेको ४१ बर्ष पछि १८२५ मा वान डाइमन्स ल्यान्स हाल ) रहेको भुगो तास्मानिया स्टेडलमा प्रवेश गरेर ब्रिटिस उपनिवेस साम्राज्य विस्तारवादी नीति लाई अगाडि बढायो र यसलाई आफ्नो कप्जामा लियर यसकोबन्यो । ( राजधानी हार्बड ) यसरी क्रमस राज्य विस्तार गर्दै १८२९ मा स्वान रिवर काँलोनी जसलाई पछि पश्चमी अस्ट्रेलिया स्टेडको नाम दिइयो र यसको राजधानी) पर्थमा राखियो (, १८३६ मा दक्षिण अस्ट्रेलिया स्टेड बन्यो यसको ( राजधानी एडिलेड राखियो (, १८५१ मा भिक्टोरिया स्टेड बन्यो र यसको मा १८५९ राखियो एवं प्रकारले ( राजधानी मेलबोर्न) क्विन्स ल्याण्ड स्टेड बन्यो र यसको राखियो ( राजधानी ब्रिसब्यान) अन्तिममा १८६९ मा नरर्दन टेरिटोरी दक्षिण अस्ट्रेलियाकै साथ रहने गरि एक प्रशासनिक क्षेत्र बनाईयो र यसरी ६ वटा छुट्टा छुट्टै ब्रिटिस उपनिवेशहरू खडा गरेर ब्रिटिस साम्राज्यवादले १६ वटा देश रएको ओसियाना महादेश जसलाई कहीकतै पनि भनेको पाईन्छ ( अस्ट्रेलिया महदेश) उक्त महादेशभित्रका विश्वका ५ वटा महासागर मध्यको पहिलो १६८७ २३००० बर्गकिलोमिटरमा फैलिएको प्रशान्त महासागरले घेरिएको ठूलो देश अस्ट्रेलिया करिव ८१ बर्ष लगायर कप्जा गर्यो । करिव ५ हजार बर्ष पुरानो आदिवासी जनजातीहरूको ईतिहास बोकेको करिव ७ लाख ५० हजार बाट १० लाख सम्म जनसंख्या भएका दुई जातिय रैथाने समाज, अबोरिजिनल र दोर्सो टोरेस स्ट्रेट आइसल्यान्डर्सहरू मारिए काटिए र विस्तावित भए आजको समयमा अस्ट्रेलियामा ती आदिवासी समुदायको जनसंख्या करिव ९ लाख ८० हजार मात्र छ । अस्ट्रेलियाको कुल जनसंख्याको ३ ओगटेको छ । योहिस्सा % ८. संख्या बढ्नुको सट्टा तल घट्नुको मुख्य कारण युरोपियन उपनिवेशका क्रममा भएका रोगको फैलावट, नरसंहार र सामाजिक विभेद सामेल छन् ।
यीनले मान्ने परम्मप्रागत विश्वास प्रणालीलाई ड्रिमटाइम भनेर चिनिन्छ । यो उनिहरूको सास्कृतिक परम्परा र अध्यात्मिक्ता संग जोडिएकोछ जसले पृथ्वी, प्रकृती र पुर्खा संग सम्बन्ध राख्द छ ।
१८३९ मा इङ्ल्याण्डमै जन्मेर अस्ट्रेलियामा ब्यपार, पत्रकारिता र राजनिती सुरू गरेरका हेनरी पार्केसले १८८९ मा न्यु साउथ वेल्सको टेन्टर फिल्डमा अस्ट्रेलियालीहरूका लागि महान राष्ट्रिय सरकारको आहृवान गर्दै उत्साहजनक संवोधन गरेका पार्केसको आहृवान सुरू गरेको अभियानले गतिलियो र अन्ततमा अस्ट्रेलिया एक संबैधानिक राजतन्त्रात्मक १९०१: लोकतान्त्रीक संघीय संसदिय ब्यवस्था मान्न यी ६ वटा स्वतन्त्र राज्यहरू सहमत भए कार्यकारी प्रधानमन्त्रीयीय संसदिय व्यवस्थामा अस्ट्रेलिया गयो । हेनरी पार्केस अस्ट्रेलियाका प्रमुख राजनितिज्ञ र फेड्रेशनका पिता । Father Of Fedration का रूपमा प्रसिद्ध भए ।
सन १९११ मा दक्षिण अस्ट्रेलियाको अधिनस्त रहेको नार्दन टेरिटोरी छुट्टिएर अलक केन्द्र सासित राज्य बन्यो र यसको रयो र ( जधानी डार्बिनरा) अस्ट्रेलिया ७ अ ं राज्य भएको ७६८८२८७ वर्गकिलोमिटर क्षेत्रफल ओगेटेको संघीय लोकतान्त्रीक बलियो राष्ट्रको रूपमा खडा भयो र संसदिय व्यवस्थाको पहिलो प्रधान मन्त्री हुने सौभाग्य भने एक साथ दुइजना एडमन्ड बार्टन र अल्फ्रेड डेकिनले पाए ।
१९०१ देखि १९०३ सम्म एडमन्ड ले देश चलाए भने १९०३ देखि १९९० सम्म अल्फ्रेडले बसालेको अस्ट्रेलियाको जग अईले संसारको केन्द्रबिन्दु बनेको छ । नेपालको क्षेत्रफलको तुलनामा ५२ गुणा ठूलो र जनसंख्याको हिसावले नेपालको २९७४१३०३ भन्दा करिव १७७४५१४ ले कम २७९६६७८९ जनसंख्या रहेको अस्ट्रेलिया वैस्टमिन्स्टर प्रणालीमा आधारित छ ।
१५१ सदस्यीय प्रतिनिधि सभा सदस्य प्रतक्ष निर्वाचन प्रणाली बाट चुनाव जितेर प्रतिनिधि सभामाआउँछन भने ७६ सदस्ययी सिनेटमाथिल्लो सदनमा प्रतेक ( अपर हाउस ) केन्द्र सासित राज्य नर जना सिनेटर र ७२ प्रदेशबाट ६ जना गरि १२ स्टेडबाटर्दोन टेरिटोरी डार्विनबाट २ जना र क्यानवेरा राजधानी टेरिटोरीबाट दुईजना गरी ७६ जना सिनेटर पनि प्रतक्ष जनताबाट नै निर्वाचित हुन्छन् सिनेटर ६ बर्षको लागि चुनिन्छन् भने प्रतिनिधि सभा सदस्यको आवाधिक निर्वाचन प्रतेक ३ बर्षमा हुन्छ । याँहाको निर्वाचन प्रणालीमा ससक्त कानुनी प्रवधान राखिएको छ जस्तो कि
यदी कुनै मतदाताले मतदान नगरेको खण्डमा निर्वाचन आयोगबाट नोटिस जारि हुन्छ र आयोगले उपयुक्त जवाफ श्रीयस बिरामी, यात्रामा भएको वा अत्यआवास्यक कामका करण भोटिङ गर्न नसकेको भनेर यी कुरा पुष्टि हुन सक्ने गरि लेखित प्रमाण सहित आयोगले पायो र सन्तुष्ट भयो भने बाहिक अन्यथा मतदातालाई २० डलर देखि १८० डलर सम्म जरिवानको ब्यवस्था छ र यदी यो जरिवानामा आनाकानि गरेमा अदालत सम्म मुद्धा लैजान सक्ने प्रवधान छ।
६ राज्य, १ केन्द्र साशित राज्य र एक क्यापिटल टेरिटोरी क्षेत्र लगायत ५५ जिल्ला ५३७ स्थानिय सरकार अर्थात नगरपालिका करिव ३२०० वार्ड पालिका रहेको यो देशमा सन १९०१ देखि २०२४ · एकसय २४ बर्षको अन्तराल पहिलो प्रधानमन्त्री एडमन्ट बार्टन देखि हालका ३१ अौ प्रधानमन्त्री एन्थोनी अल्वानिज सम्म आईपुग्दा पनि अस्ट्रेलिया संबैधानिक राजतन्त्रात्मक सिद्धान्तमा रहेको छ । अईले पनि बेलायतको राजा, रानी को तस्विर त्याहाँको क्रन्सी डलरमा राखिन्छ, संघिय सरकार प्रमुख Head of the State बेलायतको राजा नै हुन्छन् अईले अस्ट्रेलियाका रास्ट्रप्रमुख (चार्ल्स तृतियछन् यद्धपी ( धि अस्ट्रेलियन नागरिकराजाको प्रतिनिनै गर्भनर जनरलमा नियुक्ती हुन्छन् भने राज्य सरकार प्रमुख गर्भनर पनि बेलायतका राजाका प्रतिनिधीन हुन्छन् तर उक्त गर्भनरहरूको सिफारिस भने अस्ट्रेलियन सरकारले नै बेलायतका राजालाई गर्दछ ।
अस्ट्रेलियाको प्रमुख राजनिति पार्टीहरूमा अस्ट्रेलियाली श्रर्मिक पार्टी ) Australian Labor party – ALP ) अईले सत्तामा छ यो अस्ट्रेलियाको प्रमुख बामपन्थी पार्टी हो र यसको मुख्य प्रतिस्पर्धी अस्ट्रेलियाली लिबरल पार्टी ) Liberal Party Of Australia र नेशनल पार्टी अफ अस्ट्रेलिया ) Nastional Party Of Australia ) हुन भने अरू केही साना पार्टीहरू पनि
छन ।
तर मुख्य प्रतिस्पर्दा दुई पार्टीकै विचमा हुन्छ । १९५० देखि ८० को दशक सम्म अस्ट्रेलियाली लिबरल पार्टी ) Liberal Party Of Australia ले शासन गरेको थियो भने त्यस पछि निरन्तर लामो समय देखि अस्ट्रेलियाली श्रमिक पार्टी )Australian Labor party – ALP ) ले शासन गर्दै आएको छ । सन २०२२ को आम निर्वाचनमा लेबर पार्टी ७७ सिटको साथ पहिलो पार्टी बन्यो र एन्थोनी अल्बानिजको नेतृत्वमा २३ सदस्यीय मन्त्री मण्डल रहेको बहुमतको बामपन्थी सरकार छ, जसमा १० मन्त्रालयको जिम्मेवारी महिला नेतृहरूलाई दिईएको छ । प्रमुख प्रतिपक्ष लिबरल पार्टीले नेशनल पार्टी संग बठबन्धन गरि ५८ सिट जितेको छ तर एकल लिबरल पार्टी भने जम्मा २७ सिटमा खुम्चिएको छ ।
विश्वका करिव २०० सय भन्दा धेरै देशहरूबाट आएका मानिसहरू याहा बसोबास गर्छन् । अस्ट्रेलिया प्रति विश्वका मानिसको आकर्षणको मुख्य कारण उच्च जिवनस्तर, रोजगारका अवसर सुरक्षित र अध्यायनका लागि अनुकूल वातावरण प्रमुख हुन । २०० देशका मानिसहरू बसोवास गर्ने त्यो देशमा पहिलो युरोप बेलायती हरूको संख्या उच्च छ, त्यस्तै इटली, ग्रिस,जर्मनी,आयरल्याण्ड, पोल्याण्डबाट पनि धेरै स्ट्रेलिया गएकाछन् भारत, चिन, नेपाल, फिलिपिन्स, र पाकिस्तानबाट जाने मानिसको संख्या पनि उच्च छ भने दक्षिण कोरिया, जापान, भियतनामीहरूको पनि संख्या उल्लेखनीय छ ।
दक्षिण अफ्रिका, इजिप्ट, र नाइजेरियाबाट पनि उत्तिकै मात्रामा मानिस अस्ट्रेलिया आएका छन् । संयुक्त राज्य अमेरिका र क्यानडाबाट पनि आएका मानिस अस्ट्रेलियामा बसोवास गर्छन् । न्युजल्याण्डली हरूठूलो संख्या अस्ट्रेलिया बसोवास गर्छन पछिल्लो चरणमा अस्ट्रेलिया जाने नेपालीहरूको संख्या तिब्र रूपमा बढेको छ । करिव ३ लाख ५० हजार नेपालीहरू विभिन्न माध्ययम अध्ययन, रोजगार र राम्रो जिवनको खोजीलाई मध्यनजर गर्दै धेरै नेपालीहरूले अस्ट्रेलियालाई आफ्नो सुखि जिवन यापनको गन्तव्य बनायका छन् । अस्ट्रेलियामा बसोवास गर्ने आप्रवासीहरूको समग्र प्रतिशत हेर्ने हो भने अस्ट्रेलियाको कुल जनसंख्य २७९६६७८९ को ३५ प्रतिशत जनसंख्या विभिन्न % देशका नागरिक अस्ट्रेलियामा बसोवाश गर्छन् । विश्वका विभिन्न मुलुकबाट आएका नागरिकहरूको आआफ्नै देशको – आफ्नै देश अनुसारको चाल चलन रितिरिवाज र आ- कैयन देशका नागरिकहरू अस्ट्रेलियामा बस्छन तर त्याहाको ब्यभार अनुसार हुर्के बढेका अनुसासन र सिस्टमले हरेक मानिसलाई बाँधेर राखेको छ । कोई कसैलाइ टच गर्न सक्दैन त्याहाँको नियम कानुन बिरुद्ध सिन्को पनि उठाउने हिम्मत कसैले गर्दैन किन भने त्याहा सबै समान हौ भन्ने चेतना छ । गरिवलाई ऐन र धनिलाई चयन हुने ब्यभार कहि कतै देखिदैन । कानुन सबैको लागि समान छ भन्ने बुझाई छ र ब्यभारले पुष्टि गरेको छ ।
यती ठूलो क्षेत्रफलभएको अस्ट्रेलियाको भुगोल हेर्दाखेरी कहिलेइ पनि मानिसको बस्ति नभरिएला जस्तो छ तर पनि अन्ने देशका नागरिकले त्याहा सजिलै न जान पाउछन् न त्याहाको नियमकानुन अनुसार बाहेक एक दिन बस्न पाउँछन् । त्याहाको सरकार राष्ट्रियतामा पुर्ण बफादार छ । कहिकतै लचक्ता देखिदैन उसलाई देश भित्र अप्रावासी बडे भने देशलाई आघात पुग्न सक्छ भन्ने कुरामा हेक्का छ भने अर्को तिर त्यहाको महंगो जीवनसैलीको उचित ब्यवस्थापनमा ध्यान केन्द्रित छ । किन भने त्याहा नागरिकको रक्षा सुरक्षा र ब्यवस्थापन निक्कै महत्वका साथ सरकारले उत्तरदायीत्व बहन गर्नु पर्छ । असली मानिसको जिवनको महत्व कति छ भन्ने कुरा अस्ट्रेलियामा बुज्न सकिन्छ । अमिठ वातावरण,सिस्टमले डोर्याएको अनुसासनको पुर्ण पालना र हरेक क्षेत्रमा उत्तरदायीत्व बहन गरिएको त्यो सहर, गाउँ वेसी र समाजको वाताबरणमा एक महिना छ दिनको अस्ट्रेलिया बसाईले धेरै कुरा बुझ्ने र सिक्ने अवसर प्राप्त भयो ।
सहि अर्थमा मानिसको जिवनको मूल्य, मान्यता, महत्व, र जीवन जिउने सैलिका बारेमा ध्यन केन्द्रित भयो त्यसको सातसाथै त्याहाको सरसफाई अनुसासन र सिस्टम देखेर त बारम्बार मेरो देश पनि यस्तै सिस्टम र अनुसासन सहितको भ्रस्टचार विहिन देश भईदिएको भए देश बन्थ्यो होला भन्ने कुराले घर बनाई रयो ।
प्रधानमन्त्री देखि नागरिक तहसम्ममा एउटै नियम कानुन लागू गराउने: दृढ ईच्छा शक्ति,दुरदर्शि,निस्कलङ्क क्षबि र देशलाई माँया गर्ने ब्यक्तिको नेतृत्व देशले पायो भने धर्ति स्वर्ग बन्दो रहेछ भन्ने कुरा अस्ट्रेलियाबाट बुझ्न सकिन्छ ।
सब भन्दा ठूलो मुख्य कुरा अनुसासन र सिस्टम नै रहेछ त्यो लागू गराउन र गर्न पहिला नेतृत्व अघि आउनु पर्यो त्यो देखेर आम नागिरक कर्मचारि,ब्यपारी उधोगि
किसान,मज्दुर लगायत देशका विभिन्न अङ्ग प्रत्याङ्गहरूले बाध्य भएर लागू गर्नु पर्ने हुन्छ ।
अस्ट्रेलिया विश्वको प्रमुख बिकसित देशहरू मध्य एक हो संयुक्त राष्ट्रसंघद्धारा जारी मानव बिकास सुचकांक Human Develoment Index मा अस्ट्रेलिया शिर्ष स्थानमा पर्ने देशहरू मध्य एक हो ।
अस्ट्रेलियाँका पुर्व प्रधान मन्त्रीहरूको भुमिका अवकास पछि पनि अन्य क्षेत्रबाट उत्तैकै महत्व र उत्तरदायीत्व बहन हुदो रहेछ ।
त्यसैले त देश सफलताको सिखर चुमिरहेको रहेछ । अस्ट्रेलियाका पुर्ब प्रधानमन्त्रीहरू राज्यबाट पाउने सेवासुविधा लियर राज्यको बोज बनेर बस्ने रहेनछन्
उनिहरू देशको लागि पद सानू या ठूलो मेरो हैसिय यो हो भन्ने रहेनछन् । राजनिति बाहिर रहेर पनि देशलाई महत्वपुर्ण योगदान दिइरहेकाछन् । जस्तो उधारणका लागि पुर्ब प्रधान मन्त्री केभिन रूड अमेरिकामा अस्ट्रेलियाका राजदुतका रूपमा कार्यरत छन । उनी अस्ट्रेलिया अमेरिका सम्बन्ध-सुधार गर्न र देशको लागि विश्वब्यापी मामिलाहरूमा संलग्न हुन सक्रिय छन् ।

पुर्व प्रधानमन्त्री जुलिया गिलार्ड शिक्षा र लैङ्गिक समानताका क्षेत्रमा केन्द्रित छन् गिलार्ड शिक्षा सम्बन्धी ग्लोबल पार्टनरशिपको अध्यक्ष र महिला नेतृत्व र मानसिक स्वास्थ्य प्रवद्धनमा संलग्न छिन् । यी त एउटा प्रतिनिधीमुलक पात्र मात्र हुन् अधिकांस अस्ट्रेलियन पुर्ब प्रधानमन्त्रीहरूको यही अवस्था देखिन्छ ।
म अस्ट्रेलिया गएको एक हप्ता बितेको थियो त्याहाको बारे खासै त्यति जानकारी थिएन एक दिन म रोड क्रस गर्न जेब्रा क्रसिङ्ग नीर पुग्दै थिए कार त्यो जेब्रा क्रसिङ्ग नीर आएर रोकियो मैले पनि कार गएपछि रोड क्रस गर्छ ु भनेर उभिराखे मैले कारथिर हेरिन तर उसलेमलाई रोड क्रस गर भनेर हातको इसरा गरिरहेको रहेछ मैले थाहा पाईन पछि उसलाई रिस उठेछ कारको हार्न बजायो र मैले उ थिर हेरे पछि रिसायर हातको इसाराले मलाई जा भन्यो र मैले रोड क्रस गरे अनि त्याहा भएका गाडिहरू हिडे मैले पछि बुझ्दा त्यहा गाडिले हार्न नै बजाउदा रहेनछन् । यदी हार्न बजायो भने त्यो गाली गरेको हुदो रहेछ त्यहा पहिलो प्रथामिक्ता जेब्रा क्रसिङ्ङ्गबाट जाने मानिसलाई दिईदोरहेछ त्यस पछि मात्र गाडि हिड्न पाउँदा रहेछन् यदि जेब्रा क्रसिङ् नजिक मानिस उभिएको छ र गाडि अगाढि गयो भने त्यो गाडिलाई सजाय जरिवाना हुदो रहेछ भन्ने कुरा बुझे । त्यहाको रोड चोकचौराहमा कतै ट्राफिक प्रहरी देखिदैनन ।
कहि कतै पुलिसका गाडि कारहरू गुढेका देखिन्छन् । मैले त्यो एक महिना सम्म कतै गाडिको हार्न बजाएको सुनिन त्यो एकदिन आफैले बाटो सम्बन्धी नियम नबुझे वाफत हार्न बजेको सुनेको थिए ।
हेर्दा यो एउटा सामान्य कुरा जस्तो लाग्छ तर पुर्ण रूपमा देश एवं प्रकारले सिष्टमबाट चलेको छ । न रोडमा जाम छ न ट्राफिक प्रहरी छ ।
यदी सडकमा गाडि ठोकियो । या उसले कुनै तिर्नु पर्ने ट्याक्स नतिरी छलेर आयो वा कुनै अन्य सडकमा जान अनुमति नभएको सडक लाईन क्रस गर्यो वा ट्रेन चढेर स्टेशनमा उसको किराया भुक्तानको लागि डलरकार्ड टच नगरि बाहिर आयो भने उसलाई त्यो गल्ति गरेवाफत लाग्ने किराया माथि जरिवाना समेत जोडेर डलरको महसुल बिल अर्को दिन सिधै उसको घर आई पुग्छ । कुनै शक्ति केन्द्र आफ्नु चिनजानको अफिसर वा मान्छे छ र उसलाई भनसुन गरेर जरिवाना सजाय माफ गरौला भन्ने कुरा छैन ।
त्यसको लागि बाबूले छोरा चिन्दैन छोराले बाबू चिन्दैन मात्र उसले त्याहाको सिस्टम र नियम कानुन चिन्छ । बाटोमा हिड्दा थुक्नु पर्यो अथवा केही आफुले केही चिज फ्याक्नु पर्यो भने त्यसको लागि छुट्याईएको ठाउँ वा बाटोमा राखेका डस्टविन हेर्दै जानू पर्छ र त्यसमा मात्र थुक्ने वा फाल्ने गर्न सकिन्छ अन्यथा गाउँ हो या सहर कतै बाहिर फाल्न वा थुक्न पनि पाईदैन ।
त्याहाको सडकमा संघिय या स्टेडका मन्त्रीहरू साईरन बजाएर अगुवा पछुवा पुलिसका गाडि लगायर हिड्दैनन त्यति मात्र होईन मन्त्रीहरू आफ्नु गाडि आफै चलायर हिडिरहेका हुन्छन् ।
अन्यथा अरू सुविधा हुंदो रहेन छ । यस्तो बिकसित र सम्पन्न देशका प्रधानमन्त्रीहरूले पाउने सेवासुविधा हेर्दा लाग्छ हाम्रो देश त अस्ट्रेलिया जस्ता देशहरूलाई ऋण दिने महान समृद्ध र सम्पन्न देश हो कि क्याहो भने जस्तो लाग्छ ।
हिन्दीमा उखान छ । मांगि मागी बाहाजी घ्यु खाता है भने जस्तै हाम्रो देशमा मात्र हो रहेछ । दुनियाका देशहरूबाट ऋण ल्याउँदै आफैलाई सुविधा सम्पन्न जीवन शैली बनाउने यो कस्तो कानुन नियम बनाय छौ ।
अस्ट्रेलियाको अद्भभुत बिकासको लागि खनिज पदार्थ निर्यत महत्वपुर्ण आयामका रूपमा रहेको छ भने फलाम, कोईला, सुन, ग्यास र तामा खानी उत्खनन् गरि खनिज पदार्थको निर्यातमा अस्ट्रेलिया विश्वको पहिलो देश हो ।
अस्ट्रेलिया कृषि उत्पादनमा पनि धेरै सम्पन्न छ । गहुँ, जौ, चिनी र ऊन निर्यातका लागि प्रमुख बस्तुहरू हुन् ।
पर्यटकिय क्षेत्रमा मुख्य गन्तव्य प्राकृतिक सौन्दर्यका रूपमा सिड्नी ओपेरा हाउस, हार्बर ब्रिज,बोन्डाई विच, ब्युल्य हिलग्रेट बैरियर रिफ ( थ्रिसिस्टर ), गोल्ड कोष्ट,कंगारू टापु, डार्बिन र काकाडु नेशनल पार्क, लगायत स्थानहरू संसार भरका पर्यटकहरूलाई आकर्षक गन्तब्यका रूपमा परिचित छन् । भने शिक्षा लिया अन्तराष्ट्रिय विध्यार्थीहरूका लागि लोक मा अस्ट्रे: प्रिय गन्तव्य हो शिक्षाबाट मात्र ठूलो विदेशी मुद्रा आर्जन
हुन्छ ।
बैंककङ, वित्त र टेक्नोलोजी जस्ता सेवाहरूले पनि अस्ट्रेलियाको अर्थतन्त्रलाई माथि उठाउन महत्पुर्ण भुमिका रहेको छ ।
कुनै पनि देशको स्वाधिनता, स्वाभिमानलाई उच्च राख्दै समृद्ध देश निर्माण गर्ने महान कार्य देशको राजनिति र नेतृत्वले नै निर्धारण गर्ने हो भन्ने कुरा सबैले बुझेको कुरा हो तर त्यसलाई लागू कस्ले र कसरी गर्ने भन्ने कुराले अर्थ राख्द छ ।

Leave a Reply