राष्ट्रिय जन सांस्कृतिक महासङ्घ नेपालको ३७ औँ स्थापना दिवस ।

राष्ट्रिय जन सांस्कृतिक महासङ्घ नेपाल कर्णाली प्रदेशको आयोजनामा राष्ट्रिय जन सांस्कृतिक महासङ्घ नेपालको ३७ औँ स्थापना दिवस कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पन्न भएको छ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घका कर्णाली प्रदेशका अध्यक्ष बालकृष्ण सुनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटीका सदस्य एवं कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री यामलाल कडेल को प्रमुख आतित्यता रहेको थियो ।

अन्य अतिथिहरूमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल नेकपा एमाले प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाह, नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य एवं जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य हेमप्रकाश भुसाल, प्रदेश कमिटीका सचिव ध्रुवकुमार शाही, उपसचिव पद्मा खड्का, प्रदेश कमिटीका सचिवालय सदस्य राजु नेपाली, गणेश ओली, इन्द्र केसी प्रदेश सदस्यहरू हरिहर नाथ योगी, खगेन्द्र पोखरेल, सुन केसा शाही, सुर्खेत जिल्लाका अध्यक्ष कुलमणि देवकोटा, उपसचिव सुशीला विश्वकर्मा,जिल्ला समन्वय प्रमुख गंगाराम सुनार, प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिना, जिल्ला सदस्य एवं वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल, कालिकोट जिल्लाका सचिव पुष्पराज आचार्य, सुर्खेत वीरेन्द्रनगर नगरपालिका अध्यक्ष नवराज गुरुङ वीरेन्द्रनगर नगरपालिकाका वडा अध्यक्षज्यूहरू शाखा कमिटीका अध्यक्षज्यूहरू लगायत जनवर्गीय संगठनका केन्द्रीय, प्रदेश, जिल्ला र नगरस्तरका नेता कार्यकर्ताहरूकाे उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको छ।

जनसांस्कृतिकसंस्कृति महासंघका कलाकारहरूले जनवादी गीत एवं नृत्यहरू प्रस्तुत गरेका थिए । स्थापना दिवसको कार्यक्रममा मुख्यमन्त्री यमलाल कँडेल नगर प्रमुख मोहनमाया ढकाल, प्रदेश अध्यक्ष गुलाबजंग शाह, जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य हेमप्रकाश भुसालले शुभकामना मन्तव्य दिनुभएको थियो । स्थापना दिवस राष्ट्रिय जन सांस्कृतिक महासङ्घ नेपाल कर्णाली प्रदेश कमिटीका उपसचिव अकबर खान ले गर्नुभएको थियो ।

Leave a Reply